धितोपत्र बोर्डको अध्यक्षमा बराल
समयपोष्ट
२०८१ साउन ४ गते ९:३८
नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी महेश बरालले पाएका छन् ।
बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बराललाई नियुक्ति पत्र हस्तान्तरण गर्दै बोर्डको नेतृत्व सुम्पिएका हुन् ।
अर्थमन्त्री पौडेलले बराललाई बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गराएर बोर्डमा पदबहाली गराएका छन् । अर्थ मन्त्रालयको साउन २ गतेको निर्णयअनुसार सहसचिव बराल बोर्डको सञ्चालक सदस्य तथा अध्यक्ष बनेका हुन् ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था बमोजिम उनी अध्यक्ष भएका हुन् ।
प्रतिक्रिया