शुक्रबार, १४ कार्तिक २०८२

एसबिआई बैंकद्धारा व्यास गुफा परिसरमा निर्माणाधीन भवनलाई आर्थिक सहयोग

समयपोष्ट २०८० असार १८ गते २०:२०

Advertisement

नेपाल एसबिआई बैंक लि., दमौली शाखाले व्यास नगरपालिका वडा नं. ०३ स्थित व्यास गुफा परिसरमा निर्माणाधीन सन्त भवन तथा अन्य निर्माण कार्यको लागि आर्थिक सहयोग गरेको छ ।

बैंकले उक्त सहयोग वेदानुयायी प्रतिष्ठान नेपाल, केन्द्रीय कार्यालय व्यास गुफा तनहुँलाई आइतबार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका गण्डकी प्रदेश प्रमुख सुशील चन्द्र महतले उक्त रकम वेदानुयायी प्रतिष्ठान नेपालका मुल संरक्षक दामोदर बाबालाई हस्तान्तरण गरेको वैंकका शाखा प्रबन्धक दिवाकर भट्टले जानकारी दिनुभएको हो । बैंकका दमौली शाखाका प्रबन्धक दिवाकर भट्टका अनुशार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक बर्ष विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको र यसका साथै वित्तीय साक्षरता सम्वन्धी कार्यक्रम पनि गर्दै आएको छ ।

सहयोग स्वरुप प्राप्त रकमलाई व्यास गुफामा निर्माणाधिन सन्त भवन तथा अन्य निर्माण कार्यमा प्रयोग गरिने वेदानुयायी प्रतिष्ठान नेपालका मुल संरक्षक दामोदर बाबाले वताउनु भयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री