प्रभु लाइफको विशेष साधारण सभा सम्पन्न

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ ।

Advertisement

बिहीबार कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा सम्पन्न साधारण सभाले नियामक निकायले तोके बमोजिम कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्न अन्य बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त कम्पनीको पहिचान तथा छनौट गर्ने निर्णय गरेको छ ।

साधारण सभाले उक्त प्रयोजनका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ति तथा दायित्वहरुको मूल्याङ्ककन गर्न परामर्शदाता, मूल्याङ्ककनकर्ता तथा लेखापरिक्षकहरु नियूक्त गर्ने निर्णय गरेको छ ।

साधारण सभाले पारिश्रमिक तोक्ने तथा कम्पनी एक आपसमा गाभ्ने/गाभिनेसँग सम्बन्धित प्रचलित नियम, कानून तथा निर्देशनहरु बमोजिम अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य एवम् प्रकृयाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृती लिने तथा सो सन्दर्भमा नियामक निकायहरुले निर्देशन गरे बमोजिम विवरण उपलब्ध गराउने लगायतका कम्पनी गाभ्ने÷गाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने भन्ने बुँदाहरुलाई अनुमोदन गरेको छ ।

साधारण सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको नियूक्ती अनुमोदन गर्नुकासाथै प्रबन्धपत्र र नियमावली संशोधन गर्दा नियमनकारी निकायबाट हेरफेर संशोधन परिमार्जन गरेमा सोही अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।

Advertisement

२०७४ मंसिर २८ गते देखि जीवन बीमा व्यवसाय कारोबार सञ्चालन गर्दै आएको यस कम्पनीको सञ्चालक समितिमा अध्यक्ष सुभाष अमात्य लगायत सञ्चालक सदस्यहरुमा, मनिराम पोखरेल, स्वतन्त्र सञ्चालक अनिल प्रसाद श्रेष्ठ, डा. बिमला दाहाल रेग्मी, सि.ए. दिपक पाण्डे र सि.ए. शंकर गौतम रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री