आइतबार, ६ जेठ २०८१

आजदेखि नेपाल एसबिआई बैंकले ऋणपत्र निष्कासन गर्ने, असार २६ गतेसम्म आवेदन दिन सकिने

समयपोष्ट २०७९ असार २२ गते ६:२८

Advertisement

नेपालएसबिआई बैंक लिमिटेडले आज (असार २२ गते) देखि ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ ।

कम्पनीले ५ वर्षे अवधिकोे वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्कासन गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

सोमध्ये ४० प्रतिशतअर्थात् १२ लाखकित्ता सर्वसाधारणलाई विक्री गरिने छ भने बाँकी ६० प्रतिशतअर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने कम्पनीले जानकारी दिएको छ । सो ऋणपत्रमा कुनै पनि सामूहिक लगानीकोषले आवेद नदिएका छैनन् ।

Advertisement

सो ऋणपत्र खरीदका लागि लगानीकर्ताले असार २६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्म माग बमोजिम आवेदन नपरेमा साउन ४ गतेसम्म समय थपहुनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले मेरो शेयरको वेबसाइटका साथै मेरो शेयर एप, सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री