घरजग्गा किन्न ७० प्रतिशतसम्म ऋण
समयपोष्ट
२०८१ जेठ ४ गते १२:२८
नेपाल राष्ट्र बैंकले घर जग्गा खरिद प्रयोजनको लागि ७० प्रतिशतसम्म ऋण पाउने व्यवस्था गरेको छ ।
बैंक तथा वित्तीय संस्थालाई घरजग्गामा लगानी सहज हुने गरी मौद्रिक नीति संशोधन गर्दै केन्द्रीय बैंकले ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गर्दै कर चुक्ता प्रमाण पेश गरेका आधारमा ७० प्रतिशतसम्म ऋण पाउने व्यवस्था गरेको हो ।
यसअघि यस्तो व्यवस्था कम्तीमा ५० प्रतिशत कायम गर्नुपर्ने थियो ।
‘घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने छ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।
प्रतिक्रिया