आइतबार, २९ असार २०८२

प्रहरी जवानको हत्यामा संलग्न सात जना सार्वजनिक

समयपोष्ट २०८१ जेठ ६ गते १२:५९

Advertisement

नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले घटनामा संलग्न रहेका २१ वर्षीय सचिन परियार, १६ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालक रहेका छन् । उनीहरू सबै सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्ने गरेका थिए ।

उनीहरू सबै लागुऔषध प्रयोगकर्ता हुन् ।

ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तारकेश्वर नगरपालिका—९, मनमैंजुमा एक निर्माणाधीन घरको भुइँमा घिमिरे रक्ताम्ये अवस्थामा मृत फेला परेका थिए । त्यो घरलाई लागुऔषध प्रयोगकर्ताहरूले अखडा बनाएका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री