सोमबार, ३० असार २०८२

भोलिदेखि काठमाडौँका यी स्थानमा ६ घण्टा विद्युत अवरुद्ध

समयपोष्ट २०८१ जेठ २ गते १४:४५

Advertisement

काठमाडौंका विभिन्न स्थानमा भोलिदेखि विद्युत अवरुद्ध हुने भएको छ ।

रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले बिहीबार देखि चार दिन विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले एक सुचनामार्फत जानकारी दिएको छ ।

प्राधिकरणले जेठ ३ गते नयाँ बजार, जेठ ५ गते नयाँ बजार र क्षेत्रपाटी, जेठ ६ गते भिमसेनस्थान र जेठ ८ गते भिमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

उल्लेखित फिडरहरू अन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री