मंगलबार, १८ वैशाख २०८१

आज पनि घट्यो नेप्से

समयपोष्ट २०८१ वैशाख ४ गते १५:२७

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ ।

आज पनि १४.८१ अङ्कले घटेसँगै परिसूचक १९९१.७१ अङ्कमा आइपुगेको छ । यो नेप्से परिसूचकमा आज आएको ०.७३ प्रतिशतको गिरावट हो ।

आज ४२ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै २०० कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको मूल्य भने स्थिर कायम छ । यस क्रममा आज २ अर्ब १० करोड रुपैयाँ बराबरको ५४ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ ।

यस क्रममा दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । एसबीएल डिबेञ्चर २०८९ र गुर्खास फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो । यता रुरु जलविद्युत परियोजनाको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।

परिसूचक घट्दा कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक ७८ अङ्कले घट्दा जीवन बीमा समूहको सूचक ५५ अङ्कले घटेको छ । यस्तै, उत्पादनमूलक समूहको सूचक ३८ अङ्कले घट्दा व्यापार समूहको सूचक २३ अङ्कले घटेको छ । यी बाहेक अरु सबै समूहमा समेत गिरावट आएको छ ।

सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको दिन गुर्खास फाइनान्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको १७ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको हो । यसपछि सूर्यज्योति जीवन बीमा कम्पनीको ७ करोड ४३ लाख रुपैयाँको किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री