शुक्रबार, १६ चैत २०८०

नबिल डिजि बैंकको नयाँ उपलब्धि, व्यवसायिक कर्जाको अनलाइन आवेदन सुविधा

समयपोष्ट २०७८ साउन ११ गते २०:१०

Advertisement

नबिल बैंकले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन गर्न मिल्ने व्यवस्था सुरु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details गई साना तथा मझ्यौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्ने छन् ।

बैंकका संस्थागत संचार बिभाग प्रमुख कृष्ण सुवेदीका अनुसार यो सुबिधा बैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको हो र ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्नेछन् ।

बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिनुहुने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको छ । सुवेदीका अनुसार यो सुविधा बैंकद्वारा जारी अभियान “नबिल बैंक – गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता” अनुरूप रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री