आइतबार, ६ जेठ २०८१

प्रकृतिले राज गरेको लुम्बिनी (फोटो फिचर)

समयपोष्ट २०७७ साउन ९ गते १६:०८

Advertisement

मनोज पौडेल
भगवान गौतम बुद्धको जन्मस्थली । विश्वभरका शान्तिका अनुयाईको आस्था र पवित्र स्थली । विश्व शान्तिको मुहान । पवित्र उद्यान, लुम्बिनी । बौद्ध धर्मावलम्बीका आस्थाको केन्द्र । सबै नेपाली आस्थाले नतमस्तक हुने तपोस्थली । अदृष्य कोरोना भाईरसकाकारण संसार त्रसित भएका बेला लुम्बिनी उत्तिकै शान्त, हराभरा र मनोरम बनेकोछ । दैनिक हजारौं तीर्थयात्री र पर्यटक ओहोरदोहोर गर्ने लुम्बिनी स्वस्थ्य, स्वच्छ र सुनसान छ । चकमन्न भएपनि मनमोहक छ ।

ऋतु मध्येको पहिलो वसन्तको मौषम छ । रुख विरुवामा नयाँ नयाँ पालुवाहरु पलाएका छन् । जताजतै हरियाली छाएकोछ । रुख र फुलहरुका आ“कुरा निस्दैछन् । थरिथरिका फुल सोभायमान भएर फक्रेका छन् । पर्यटकलाई स्वागत गर्न आतुर देखिन्छन् । लुम्बिनी उपवन भित्रै जता हे¥र्यौं उतै मनमोहक दृष्य देखिन्छ । उद्यान भित्रका पोखरी र खोला सफा र शुभ्र देखिएका छन् । निश्चल भएर बगेको छ । स्वच्छ पानी हेरेर गजबले आनन्दित बन्ने अवस्था छ । वसन्त ऋतुको जादुमई मौषमले पनि आकाशमुनी शान्तिमय ऊर्जाको पवित्रतामा रमाउने वातावरण छ ।

Advertisement

यहाँ प्रकृतिले गजबले राज गरेको देख्न पाईन्छ । शान्ति द्विप, केन्द्रिय नहर, विश्व शान्ति स्तुप र बेबी बुद्ध आसपासको हरियाली र सुन्दरताले लठ्याउछ । त्यस्तै मायादेवी मन्दिर मुख्य प्रवेश द्वार र ५ नबर गेट आवतजावत गर्ने लगायतका ठाँउउमा हरियाली र प्रकृतिको आकर्षणले सबै मन्त्रमुग्ध हुन्छन् । मायादेवी मन्दिर भित्र गुलाव, कमलको फुल, बेगमबेलिया, अरुल, चमेली, गोस्लमोहर, कलेन्डुला, कसमस, पिटुनिया र मखमली रंगीचंगी फुुल लटरम्म फुलेका छन् ।

मन्दिर फुलैफुलले ढाकिन लागेको छ । वातावरण उत्तिकै सरश र चित्ताकर्षक लाग्छ । बौद्धधर्मावलम्बीको मन्त्र ॐ मणि पद्मे हूँ को मन्त्रोच्चारणको अनन्त ध्वनी गुञ्जायमान नसुनेपनि स्वच्छ, सफा, हरियाली र शान्त वातावरणमा जोसुकै नतमस्कत बन्छन् । सफा मौषमसंगै दक्षिणतिर देखिने नागबेली पहाड, सेताम्य हिमालकाकारण प्रकृतिको छठाको सम्य्क आनन्द पनि पाउन सकिन्छ । पुष्करणी पोखरी र केन्द्रिय नहरबाट देखिने सुर्यादय र सुर्यास्त पनि अविस्मरणी बनेका छन् । पुतली र गाईने किरा लगायतका किटपतंग पनि स्वच्छन्द वातावरणमा रमाएका छन् ।

त्यस्तै उपवन भित्रै कोईलीले भन्ने काफल पाक्यो तिखो आवाजले मौषम परिवर्तनको संकेत गरेकोछ । बीउ कुहियो कोईलीको आवाजले पनि मनै फुरुङ बनाउछ । कुक्कु र कोईलीको सुरिलो आवाजले शान्ति प्रति ऊर्जा थप्छ । यी सबै चरा बसन्त ऋुतुको आगमनसंगै दक्षिणबाट यता बचेरा हुकाउन आएका हुन् । गर्मीका बेला नेपालमा दिन लामो हुने र राम्रो आहारविहार हुने हुदा यता आउछन् । कटुसटाउके मुरलीचरा, स्वर्गचरी, गाँजले सुनचरी, सुन्तले चा“चरचरी र राजचरीको चिरविराहटले मनोरमता थपेकोछ । रानी चरी, निलपुछ्र्रे मुरलीचरा, चित्रक पिट्टा, गाजले पिट्टा र लालचुच्चे ठेउवाको व्यस्तता पनि यहा गजबले हेर्न पाईन्छ ।

आगन्तुक र रैथाने चराले लुम्बिनी उपवनको बगैंचा भरिएकोछ । उनीहरु सबै बचेराकालागि गुँडमा ओथारो बसेका छन् । सीमसार र धापमा रमाउने सारश र भूँडीफोर चरा कोलाहल र मानव चहलपहल नदेख्दा अचम्ममा परेका छन् । उनीहरु पनि निधक्क भएर उन्मक्त वातावरणमा विचरण गरेका देखिन्छन् । कतिपयले बचेरा स्याहादै छन् । चराको कल्यांङमल्यांकले अझ रोमाञ्चकता थपेकोछ । निर्जन अवस्थाको मौन वातावरणमा चराचुरुगीले गाएको गीत सुनेर गजबले शान्तिको अनुभूति भईरहेको लुम्बिनी होटल संघ महासचिब लिलामाणी शर्माले बताए ।

‘मायादेवी मन्दिरको पुष्करणी पोखरी नजिक निभेको अगरबत्ती फेरी कहिले बल्ला आफुहरु त्यसैको पखाईमा रहेका छौं,’ उनले भने, ‘पर्यटकलाई सा“च्चैको शान्त, करुणा र ऊर्जामय वातावरणको लुम्बिनी देखाउन नसक्दा आफुहरु दुःखी छौं ।’ कोरोना भाईरस संक्रमणले विश्व अशान्त छ । त्यस्को असर लुम्बिनीमा पनि परेकोछ । तर यो विल्कुलै शान्त, संयमित र आस्था बढाउदै बसेकोछ । अहिलेको मौनता र प्रकृतिप्रेमी वातावरणले बुद्ध जन्मेको बेला जस्तो खुसीयाली र मनोरम समय स्मरण गराएको भिक्षु महासंघ अध्यक्ष भिक्षु मैंत्री महाअस्थवीरले बताए ।

‘वर्र्षौं पछि यस्तो वातावरण पाईयो,’ उनले भने, ‘यस्तै वातावरणमा गरिने ध्यान प्रार्थनाले सा“च्चै शान्तिको करुणा पलाउछ ।’ पुण्य संचय हुन्छ । लकडाउनका बेला मायादेवी मन्दिर, पुष्करणी पोखरी, अखण्ड शान्ति द्विप र बेबी बुद्धस्थल शान्त छन् । लुम्बिनीका विहार, टेम्पल, मोनाष्ट्री, स्तुपा, मन्दिर र चैत्य शान्त छन् । प्रकृतिले अनन्त सौन्दर्य वर्षाएको बेला लुम्बिनी चित्ताकर्षक देखिएकोछ । टाढैबाट आनन्दित बनाउछ । खुला आकाशलाई अंगालो मार्दा शान्तिको ऊर्जा संचय हुन्छ । पल्टेर रमाउन मन लाग्छ । लुम्बिनीका ध्यानमग्न बुद्धको प्रतिमा पनि प्रशन्न मुद्रामा देखिन्छन् । बसन्त स्नान गर्न कोही नआएपनि शान्त र ध्यानमग्न साधनारत देखिन्छन् । छिट्टै अनुयायी र तीर्थालु आउने प्रतिक्षामा छन् । कोरोना कहरलाई करुणा र मैंत्रीभावले जित्न सन्देश दिएर बसे जस्तै देखिन्छन् ।

सवै तस्वीरहरु : मनोज पौडेल

प्रतिक्रिया

सम्बन्धित सामाग्री