शनिबार, १५ वैशाख २०८१

३६ औँ वर्षमा नबिल बैंक, नयाँ पुस्ताका लागि ‘डिजी बैंक’ स्थापना गरेको घोषणा

समयपोष्ट २०७७ असार २८ गते १७:०२

Advertisement

३६ औँ वर्ष प्रवेश गरेको उपलक्ष्यम नबिल बैंकले डिजी बैंक (डिजिटल बैंकिङ) स्थापनाको घोषणा गरेको छ । बैंकले आइतबार एक अनलाइन अन्तरक्रिया कार्यक्रम मार्फत उक्त घोषणा गरेको हो ।

यससंगै बैंकले नबिल डिजी बैंक ग्राहकवर्गले आफुले चाहेको समय, ठाउँ र सुविधा अनुसार बैंकिङ्ग सेवा उपभोग गर्न पाउने गरि बैंकको प्रविधिमा आधारित रुपान्तरणको आधार तय गरिएको जनाएको छ ।

कार्यक्रमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत, अनिल शाहले नबिल डिजि बैंक नबिल बैंकको ग्राहक सेवामा समर्पित प्रतिबद्धताको उदाहरण भएको बताउनु भयो । उहाँले अबका दिनहरुमा सूचना प्रविधिमा आधारित रणनीतिबाट बैंकको रुपान्तरण गर्दै डिजिटल सेवाहरु मर्फत अनुपम ग्राहक अनुभवहरु सिर्जना गर्दै जाने लक्ष्य राखेको जानकारी गराउनु भयो । उहाँले रुपान्तरणको प्रकृयामा बैंकले बैकिङ क्षेत्रमा उत्कृष्ठ सेवा प्रदान गर्दै आएको भारतको आइ.सि.आइ.सि.आइ बैंक तथा सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था हुवावे टेक्नोलोजीसंग रणनैतिक साझेदारी आरम्भ गरिसकेको जानकारी दिनुभयो ।

शाहले बैंकका नायब महाप्रबन्धक विनय कुमार रेग्मीको नेतृत्वमा गठित नबिल डिजि बैंक नबिल बैंकको स्थाई संरचना इकाइ रहेको र बैंकको प्रविधिमा आधारित रुपान्तरणको प्रकृयाको अपरिहार्य प्रस्थान विन्दु भएको प्रष्ट पार्नु भयो । साथै यसले नेपालको आर्थिक सेवा क्षेत्रमा प्रविधिमा आधारित क्रान्तिमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । मोबाइल तथा इन्टरनेट बैंकिङ जस्ता सेवाहरुले लाखौं ग्राहकवर्गलाई केही सुविधा दिइरहेको परिप्रेक्ष्यमा नबिल डिजि बैंकले ग्राहकवर्गलाई उत्कृष्ठ सेवा अनुभव प्रदान गर्न अब उपरान्त डिजिटल रणनीति तथा कायक्रमहरु मार्फत पारस्परिक बैंकिङ पद्दत्तिलाई चुनौति दिदैँ ग्राहकवर्ग, फिन्टेक लगायत अन्य पक्षस“गको सहकार्यमा आर्थिक इकोसिस्टममा आधारित बैंकिङ तथा आर्थिक सेवाको प्रयोग गर्ने अठोट व्यक्त गर्नुभयो ।

कार्यक्रममा विषेश अतिथिको रुपमा बोल्दै ह्वावे टेक्नलजिज् नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ शुगेनले नबिल बैंकलाई ३६ वर्षको गौरवमय इतिहास रच्न सफल भएकोमा बधाई तथा शुभकामना व्याक्त गर्नुभयो र
ह्वावेले सूचना प्रविधिमा हासिल गरेको उपलब्धिलाई बैंकको रुपान्तरणको प्रकृयामा प्रयोग गरि सहयोगी भूमिका निवार्ह गर्ने वचन व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई अघि बढाउदै नबिल डिजि बैंकका प्रमुख विनय कुमार रेग्मीले टीम नबिलको उत्पादकत्व तथा दक्षता अभिवृद्धि गर्दै ग्राहकवर्गको जीवन यात्रालाई आथिर्क सेवाहरु मार्फत सशक्त तथा सुविधायुक्त बनाउन गरिने प्रयासहरुबारे प्रकाश पार्नुभयो । सोही कार्यक्रमा बोल्दै मिस नेपाल तथा सामाजिक अभियन्ता, श्रृंखला खतिवडाले २१ औं शताब्दीका ग्राहकवर्गको इच्छाहरुलाई पहिल्याउदै त्यसलाई आफ्ना सेवाहरु मार्फत ठोस कदम चाल्न सुरुवात गरेकोमा नबिल बैंकलाई शुभकामना दिनु भयो र अब ग्राहकवर्गले महसूस गर्ने गरि बैंकिङ सेवाको स्तर निकै बढ्ने आशा व्यक्त गर्नुभयो । त्यसै गरि परिचित युवा कलाकार अनमोल केसीले बैंकिङ सेवाहरुलाई प्रविधि मैत्री युवालाई लक्षित गर्दै अन्यलाई पनि डिजिटल सेवा उपयोग गर्न सिकाउदै लैजानु आजको आवश्यकता भएको धारण व्यक्त गर्नु भयो । नबिल डिजि बैंक अन्तरगतका, डिजिटल बैंकिङ प्रमुख निरज शर्माले कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदैँ, नबिल बैंकको रुपान्तरणको यात्रालाई ग्राहकमुखी बनाउन समुदायको हरेक पक्षको सहभागिता तथा रचनात्मक आलोचना अपरिहार्य रेहेको स्मरण गर्नुभयो तथा प्रतिकृयाको आशा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री