शनिबार, १५ वैशाख २०८१

असार २० गतेदेखि घोडीघोडा लघुवित्तको आइपिओ जारी हुने

समयपोष्ट २०७६ असार १२ गते १२:४९

Advertisement

घोडीघोडा लघुवित्त वित्तीय संस्थाले एक लाख ३२ हजार ६०० कित्ता साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले असार २० गतेबाट प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा एक करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ६०० कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कूल निष्काशनमा आउने आईपीओमध्ये एक हजार ३८० कित्ता शेयर लघुवित्तका कर्मचारी,६ हजार ६३० सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । एक लाख २४ हजार ५९० कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट सिआश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका सम्पूण कार्यालष्य तथा मेरोशेयरबाट समेत आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि एक हजार रुपैयाँदेखि एक हजार कित्ताको लागि एक लाख रुपैयाँसम्मको आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अन्तिम दिन असार २५ गते बुधबारसम्म रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री