शुक्रबार, ७ वैशाख २०८१

फरवार्ड लघुवित्तको बोनस शेयर सूचीकृत

समयपोष्ट २०७६ जेठ १९ गते १६:००

Advertisement

नेपाल स्टक एक्सचेञ्जमा फरवार्ड लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ। कम्पनीले आइतबार ७ लाख ७५ हजार ६३ कित्ता बोनस शेयर सूचीकृत गराएको हो।

कम्पनीले गत आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

कम्पनीले यसअघि नै २० प्रतिशत नगद लाभांश शेयरधनीलाई वितरण गरिसकेको छ । लघुवित्तको उक्त बोनस तथा लाभांश गत पुस २९ गते सम्पन्न छैटौं वार्षिक साधारण सभा प्रयोजनका लागि बुकक्लोज गरेको दिन पुस १५ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री