बुधबार, ५ कार्तिक २०८२

चितवनमा लोडसेडिङको तालिका नभएको ऊर्जामन्त्रीको दाबी, सूचनामा लेखाइ गलत भयो

समयपोष्ट २०८२ साउन ११ गते १३:१४

Advertisement

ऊर्जामन्त्री दिपक खड्काले चितवनमा लोडसेडिङको तालिका ल्याइएको भन्ने चर्चालाई खण्डन गरेका छन्। सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल विद्युत प्राधिकरणले जारी गरेको सूचनामा लेखाइ गलत भएको स्पष्टीकरण दिएका छन्।

मन्त्री खड्काले विद्युत लाइन व्यवस्थापनका लागि केही समय सिँचाइ प्रयोजनका पम्पहरू सञ्चालन नगर्न आग्रह गरिएको बताए। उनले भने, “लोडसेडिङ होइन, सूचनामा लेखाइ गलत भएको हो। सिँचाइका लागि पानी तान्ने पम्पहरू सञ्चालन हुन्छन्। तर, लाइन मिलाउनुपर्ने भएकाले दुई दिनका लागि बेलुकीको समयमा पम्प नचलाइदिन आग्रह गरिएको हो।”

हिजो प्राधिकरणको चनौली वितरण केन्द्रले चितवनमा तीन/तीन बत्ती जाने तालिका सार्वजनिक गरेपछि लोडसेडिङ भएको भन्दै आलोचना भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री