शुक्रबार, ७ वैशाख २०८१

जनता बैंकका सिइओ पर्शुराम कुँवरले कार्यभार सम्हाल्नु अघि फेसबुकमा यस्तो स्टाटस लेखे

समयपोष्ट २०७४ असार १ गते ८:२६

आज १५ जून! आज कै दिन ३१ वर्ष अघी ई.स. १९८६ मा तत्कालीन नेपाल ग्रिण्डलेज बैंक (हाल स्टैण्डर्ड चार्टड बैक नेपाल) मा सहायक पदबाट मैले आफ्नो बैंकिंग जीवन शुरु गरेको थियँ । यो वैकको parent company ( 50%) परिवर्तन भएका कारणले यो वैक कहिले ग्रिण्डलेज बैक (व्रिटिस बैक) को भाग, कहिले आस्ट्रेलिया एण्ड न्यूजिलेण्ड बैक (अस्ट्रेलियाली) बैकको भाग र कहिले स्टेण्डर्ड चार्टड बैक (फेरी व्रिटिस ) बैकको भाग रह्यो। आधारभूत रुपमा ठुलो फरक नरहे पनि स्वामित्व परिवर्तनका कारणले काम गर्ने तौर तरिका,संस्कार, निति, प्रकृयाहरु आदी परिवर्तन भईरहन्थे र हामी काम गर्ने कर्मचारीहरुलाई अलि पीड़ा वोध हुन्थ्यो । तर, अहिले फर्केर हेर्दा, एउटै बैकमा काम गरेर पनि ३ वटा विख्यात अन्तरराष्ट्रीय बैकहरुमा काम गरेको अनुभव हाशिल गरिएको रहेछ भन्ने महशुस हुन्छ। यसै बैकको माध्यमबाट विश्व स्तरको तालिम र अनुभव हाशिल गरेका सिमित नेपालीहरुमा आफुलाई पाउदा गौरवान्वित महशुस हुन्छ ! यो बैक मेरा लागि महाविधालय रह्यो । नर्शरी (सहायक तह) बाट शुरु गरेको म एउटा गाँउले केटो १७ वर्ष सम्म अविच्छिन्न काम गरेर यो बैकमा एउटा नेपाली पुग्न सक्ने उच्चतम पदमा पुग्दै यसै बैकको निमित्त प्रमुख कार्यकारी अधिकृत समेत भएँ ! यो महाविधालयबाट हाशिल गरेको ज्ञान र अनुभव प्रयोग गर्दै वित्तिय सुधार कार्यक्रम अन्तर्गत नेपाल बैकमा विदेशी व्यवस्थापन समूहको एक सदस्य, सिटिजन्स् बैक ईन्टरनेशनलमा महाप्रवन्धक, बैक अफ एशिया र ग्राण्ड बैकमा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेर थप ज्ञान र अनुभव हाशिल गर्दै वैक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई तालिम कक्षाको माध्यमवाट आफुले आर्जन गरेको ज्ञान र अनुभव वाट्ने र वित्तिय क्षेत्रमा नै निति निर्माण गर्न सहयोग पुर्याउने मुख्य उदेश्य राखी परामर्शदात्रीका रुपमा काम गर्दै देशको धेरथोर सेवा गर्न सकेकोमा गर्व महशुस गरेको छु !

Advertisement

संयोगले आज १५ जून कै दिनमा जनता बैक नेपालको प्रमुख कार्यकारी अधिकृतको कार्यभार समाल्दै छु । मेरो नियुक्तिको खवर सुन्ने वित्तिकै मलाई वधाई तथा शुभकामना दिनु हुने मेरा अग्रजहरु, ईष्टमित्रहरु र मित्रहरु प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछु । १५ जून १९८६ मा शुरू भएको प्रथम ईनिग लामो तर पूर्ण रुपमा सन्तोषजनक रह्यो र १५ जून २०१७ बाट शुरु हुने ईनिगं छोटो र मीठो होस् भन्ने आशा राखेको छु र यसका लागि यहाँहरुको शुभकामना र आशीर्वाद लागिरहोस् !

नेपाल राष्ट्र बैकले तोकेको न्यूनतम पूँजी पुरा गर्न जनता बैक नेपालले हकप्रद शेयर मात्र जारी गरेर थप शाखा खोल्ने, थप कर्मचारी नियुक्त गर्ने, थप निक्षेप परिचालन गर्ने, र थप कर्जा प्रवाह गरी नाफा कमाएर शेयरधनीहरुलाई यथोचित प्रतिफल दिने विजनेश मोडेलको साटो अलिकति हकप्रद निष्कासन र राम्रा विकास बैकलाई गाभेर र प्राप्ति गरेर रेडीमेड शाखा सन्जाल, कर्मचारी वल, पूँजी, निक्षेप र कर्जा एक साथ भित्राउने विजनेस मोडेल अंगीकार गरेको छ! यहाँहरु मसंग पक्कै पनि सहमत हुनुहुनेछ कि दोस्रो विजनेस मोडल नै उपयुक्त हो किनकि वैकको प्रगतिका लागि पूँजी एक महत्वपूर्ण तत्व हो तर यो मात्रै तत्व होईन ।यसै मोडल अन्तर्गत आफना शेयरधनीलाई आकर्षक प्रतिफल दिदै आएको र "वेस्ट विकास वैक" अवार्ड जित्न सफल साविकको त्रिवेणी विकास बैकलाई गाभिसकेको छ भने अर्को ससक्त र आकर्षक प्रतिफल दिन सफल सिध्दार्थ विकास बैकलाई प्राप्ति गर्न राष्ट्र बैकको अन्तिम स्वीकृतिका लागि अनुरोध गरिसकियको छ । यो प्राप्ति पश्चात र चालु आवको नाफाबाट बोनस सेयरको स्वीकृति पछि यस बैकको पूँजी राष्ट्र बैकले तोकेको न्यूनतम पूँजीको सीमा पार हुनेछ ! यो आवको अन्त सम्ममा यस बैकको रु ८ अर्वको चुक्ता पूँजी, करीव रु ६५अर्वको सम्पति, ११२ वटा शाखाहरु, ६० वटा एटीएम र करीव ५ लाख ग्राहक हुनेछ ! यो बैकको जवर्दस्त वलियो पूर्वाधार हो ! यसलाई व्यवस्थापन गरि बैकका सवै सरोकारवालाहरु (ग्राहक, शेयरधनी, कर्मचारी, नियमन निकाय / सरकार र समाज) को हित संरक्षण र संवर्धन गर्न बैकका हामी करीव १००० कर्मचारीहरु सेवामा समर्पित हुनेछौं !

जनता बैक नेपाललाई साच्चै कै जनताको बैक बनाउने अठोट लियका छौं र यसका लागि बैकको संचालक समिति र हामी झण्डै १००० कर्मचारीहरु एक ढिक्का भएर लागि पर्ने छौं! यस अठोटलाई वास्तविकतामा रूपान्तरण गर्न हामीहरु तपाईहरुको सहयोग, सदभाव र शुभेच्छाको लागि हार्दिक अनुरोध गर्दछौं । धन्यवाद!

प्रतिक्रिया

सम्बन्धित सामाग्री