बिहीबार, १३ वैशाख २०८१

नबिल बैंकद्वारा बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाललाई सहयोग 

समयपोष्ट २०७४ असार १ गते ६:३१

नबिल बैंकले एशोसिएशन अफ सेन्ट मेरिज एल्मुनाई नेपालसँग सहकार्य गरी बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाललाई सहयोग गरेको छ ।

Advertisement

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  बैंकले एक लाख वरावरको खाने कुरा, स्टेशनरी, स्कूल ब्याग, छाता, जुत्ता पालिस, नरिवलको तेल, पौष्ठीक आहार तथा अन्य  दैनिक रुपमा आवस्यक पर्ने सामाग्रीहरु प्रदान गरेको हो । 
बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाल आगलागीबाट हुने हिंसा दुर्घटनाका उत्पीडित महिला तथा बालबालिकाहरुको सुरक्षा, रोकथाम, वकालत, दीर्घकालीन स्वास्थ्यलाभ तथा पुनर्वासको कामहरुमा समर्पित रहदै आएको संस्था हो ।
 स्थापना भएको समयदेखी बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपालले ६ सय भन्दा बढी आगलागीबाट पीडित बिरामीहरुलाई चिकित्सा तथा सर्जिकल सहयोग उपलब्ध गराएको छ । आगलागीबाट पीडीत बालबालिकाहरुलाई शिक्षा आर्जन गर्न सहयोग पुर्याउनउद्देश्यले नबिल बैंकले बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाल संगको सहकार्यमा शैक्षिक  तथा दैनिक रुपमा आवश्यक पर्ने सामाग्रीहरु प्रदान गरेको हो ।

नबिल बैंकका नायब महाप्रवन्धक रमेश प्रसाद लोहनीले उ क्त सामाग्रीहरु बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाललाई हस्तान्तरण गर्दै यस्तो पवित्र सेवामा सहभागि हुन पाएकोमा सन्तुष्टी व्यक्त गरे । नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न शैक्षिक कृयाकलाप, विज्ञान तथा प्रविधी, स्वास्थ्य, साहित्य तथा कला आदि विभिन्न सामाजिक कल्याणका क्षेत्रमा निरन्तररुपमा सहयोग प्रदान गरी अझ बढी प्रतिवद्धताका साथ लागि पर्ने जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री