
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को निर्णायक खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गरेको छ।
मोन्टेरी रंगशालामा बिहीबार भएको यस जितसँगै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको नकआउट चरण अर्थात् अन्तिम ३२ मा प्रवेश गर्न सफल भयो।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा दक्षिण अफ्रिकाले दबाब बढायो। खेलको दोस्रो हाफमा थ्यापेलो मासेकोले गरेको उत्कृष्ट गोल नै दक्षिण अफ्रिकाका लागि इतिहास रच्न निर्णायक बन्यो।
दक्षिण कोरिया विरुद्धको महत्त्वपूर्ण जितसँगै दक्षिण अफ्रिकाले समूह चरण पार गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ।









प्रतिक्रिया