
धनगढी उपमहानगरपालिकाको बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले विभिन्न होटल तथा लजहरूमा चेकजाँच गर्दा ११ महिला र १३ पुरुषलाई नियन्त्रणमा लिएको बताए।
पक्राउ पर्ने पुरुषमध्ये ७ जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको तिमिल्सिनाले जानकारी दिए।









प्रतिक्रिया