
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले जारी फिफा विश्वकप २०२६ मा उज्वेकिस्तान विरुद्ध पहिलो हाफमै दुई गोल गरेका छन् ।
अमेरिकाको ह्युस्टनमा भइरहेको समूह ‘के’ को खेलमा पोर्चुगलले पहिलो हाफमै ३-० को बलियो अग्रता बनाएको हो ।
खेलको छैटौं मिनेटमै पहिलो गोल गर्दै रोनाल्डोले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
यो गोलसँगै उनी लगातार ६ वटा फिफा विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् ।









प्रतिक्रिया