
पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले लगातार ६ वटा फिफा विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेर नयाँ इतिहास रचेका छन् ।
मंगलबार भएको फिफा विश्वकप २०२६ को समूह ‘के’ अन्तर्गत उज्वेकिस्तानविरुद्धको खेलमा गोल गर्दै ४१ वर्षीय रोनाल्डोले यो कीर्तिमान आफ्नो नाममा गरेका हुन् ।
खेल सुरु भएको ६ मिनेटमै जोआओ कान्सेलोको पासलाई सदुपयोग गर्दै उनले पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए भने ३८ औ मिनेटमा दोस्रो गोल गर्न सफल भए । यस गोलसँगै उनले सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६ का सबै विश्वकपमा गोल गर्ने कीर्तिमान पूरा गरे ।
रोनाल्डोले २१ वर्षको उमेरमा आफ्नो पहिलो विश्वकप गोल गरेका थिए भने अहिले ४१ वर्षको उमेरमा पनि यो लयलाई निरन्तरता दिएका छन् । यसअघि डिआर कंगोविरुद्धको खेलमा गोल गर्न नसकेपछि उनको केही आलोचना समेत भएको थियो ।
अर्का स्टार खेलाडी लियोनल मेसीले पनि ६ वटा विश्वकप खेलेको कीर्तिमान बनाए तापनि सन् २०१० को विश्वकपमा गोल गर्न नसकेका कारण उनी यो विशेष कीर्तिमानमा रोनाल्डोभन्दा पछि परेका छन् । उज्वेकिस्तानविरुद्धको खेल रोनाल्डोको अन्तर्राष्ट्रिय करियरको २ सय ३० औँ खेल हो, जुन फुटबल इतिहासमै सर्वाधिक हो ।









प्रतिक्रिया