
पहिलो पटक विश्वकप खेलिरहेको उज्वेकिस्तानविरुद्ध पोर्चुगलले बलियो सुरुवात गरेको छ ।
खेलको पहिलो हाफको छैटौं मिनेटमा नै क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका हुन् ।
खेलको १७ औं मिनेटमा नुनो मेन्डेजले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । मेन्डेजको यो प्रहारले विपक्षी टोलीलाई थप दबाबमा पारेको छ ।
रोनाल्डोको ऐतिहासिक कीर्तिमान
यो गोलसँगै क्रिस्टियानो रोनाल्डो ६ फरक विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । यो कीर्तिमानसँगै रोनाल्डोले विश्वकपमा आफ्नो कुल गोल संख्या ९ पुर्याएका छन् ।
यसअघि सन् २०२२ को विश्वकपमा घानाविरुद्ध पेनाल्टीमा गोल गरेयता रोनाल्डोले प्रमुख प्रतियोगिताका १० खेलमा गोल गर्न सकेका थिएनन् । लामो समयको गोल खडेरीलाई तोड्दै उनले यो खेलमा ऐतिहासिक सफलता हात पारेका हुन् ।









प्रतिक्रिया