
नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार ८ गते मंगलबार दुबै बहुमूल्य धातुको मूल्यमा उल्लेख्य कमी देखिएको हो।
मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले ओरालो लागेको छ। बजारमा अहिले सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबारको बजारमा सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि मंगलबार ठूलो गिरावट भएको छ। चाँदीको मूल्य तोलामा १ सय ४० रुपैयाँले घटेको महासंघले जनाएको छ।
अहिले बजारमा चाँदी प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने चाँदी प्रतितोला ४ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो।










प्रतिक्रिया