रास्वपा महाधिवेशन: एक व्यक्ति एकभन्दा बढी उम्मेदवारको प्रस्तावक वा समर्थक बन्न नपाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत कुनै पनि पदका उम्मेदवारका प्रस्तावकले अर्को उम्मेदवारको प्रस्तावक बन्न नपाउने भएका छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गरी कुनै एक व्यक्तिले एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा प्रस्तावकका रूपमा हस्ताक्षर गर्न नपाइने जनाएको हो ।

Advertisement

त्यसैगरी, कुनै पनि पदका उम्मेदवारका एक समर्थकले एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा समर्थकका रूपमा पनि हस्ताक्षर गर्न नपाउने आयोगले स्पष्ट गरेको छ ।

आयोगका प्रमुख भुवन केसीका अनुसार पार्टी सभापति पदका उम्मेदवारले मनोनयन फारम दाखिला गर्दा एक जना प्रस्तावक र ५१ जना समर्थकको अनिवार्य रूपमा नाम, सम्पर्क नम्बर र हस्ताक्षर गरेको हुनुपर्ने छ ।

पार्टी पदाधिकारी र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने हरेकले दाखिला गर्ने मनोनयन फारममा भने एक जना प्रस्तावक र २१ जनाका दरले समर्थकको नाम, सम्पर्क नम्बर र हस्ताक्षर भएको हुनुपर्नेछ ।

नियमविपरीत उम्मेदवार मनोनयन फारम दाखिला हुन आएमा उक्त उम्मेदवारी फारम स्वतः अमान्य ठहर हुने प्रमुख केसीले बताए । महाधिवेशनको बन्दसत्र मंगलबार हुने भएको छ । बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री