
एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेका बैंकिङ, गैरबैंकिङ तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलामी बिक्रीसम्बन्धी विस्तृत जानकारी दिन नयाँ अनलाइन पोर्टल सार्वजनिक गरेको छ। बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टलमा लिलाम बिक्री गरिने सम्पत्तिहरूसम्बन्धी सम्पूर्ण सूचना तथा विस्तृत विवरणहरू समेटिएका छन्।
इच्छुक ग्राहकले लिलामी बिक्रीसम्बन्धी प्रकाशित सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी वा सिधै बैंकको पोर्टल (https://auctionassistance.nicasiabank.com) भित्र प्रवेश गरेर सम्पत्तिहरूको कित्ता नम्बर र क्षेत्रफलसहितको विवरण हेर्न सक्नेछन्। यसका साथै उक्त सम्पत्तिको फोटो, नक्सा एवं स्थान पहिचानका लागि गुगल म्यापसहितका विविध सुविधाहरू यस पोर्टलमा उपलब्ध गराइएको छ।
ग्राहकले लिलामीमा राखिएको सम्पत्ति खरिद गर्न चाहेमा वा थप जानकारी आवश्यक परेमा सोही पोर्टलमा उपलब्ध मेसेज बक्सको प्रयोग गर्न सक्नेछन्। मेसेज बक्समा आफ्नो पूरा नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखेर सिधै बैंकलाई सोधपुछ पठाउन सकिने व्यवस्था गरिएको छ।
यस अनलाइन पोर्टलमा बैंकिङ तथा गैरबैंकिङ सम्पत्ति र लिलामीसम्बन्धी अन्य सूचनाहरू नियमित रूपमा अद्यावधिक गरिने बैंकले जनाएको छ। सम्पत्ति खरिद गर्न इच्छुक ग्राहकले बैंकको यस डिजिटल माध्यमबाट विस्तृत विवरण लिएर भरपूर लाभ उठाउन सक्ने विश्वास बैंकले लिएको छ।









प्रतिक्रिया