दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

Advertisement

उनीहरूमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेक बहस सकिएपछि अदालतले बुधबार थुनामा पठाउने आदेश दिएको हो।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान सकिएपछि थुनछेक बहस भएको थियो।

Advertisement

बहस सकिएलगत्तै अदालतले दुवै व्यवसायीलाई मुद्दाको पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।


प्रतिक्रिया

सम्बन्धित सामाग्री