सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि

नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो।

Advertisement

यो वृद्धिसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी सोमबार १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ५ सय १५ रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले दैनिक रूपमा स्थानीय बजार मूल्य निर्धारण गर्दै आएको छ।

Advertisement

सुनसँगै सोमबार चाँदीको मूल्यमा पनि केही बढोत्तरी भएको छ। सोमबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७ सय ३० रुपैयाँ पुगेको महासंघले बताए।

यसअघि आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँ रहेको थियो। यस्तै सोमबार १० ग्राम चाँदीको मूल्य ४ हजार ५५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री