माउन्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम मौका

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ। कम्पनीले गत असार ३ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि यो आईपीओ खुला गरेको थियो।

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँट भइसकेको छ। अहिले दोस्रो चरणमा सर्वसाधारणका लागि १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको शेयर निष्काशन गरिएको हो।

शेयर विवरण र आवेदन प्रक्रिया

Advertisement

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६ सय कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईएमबि एस क्यापिटल लिमिटेडले गरेको छ। लगानीकर्ताले सि-आस्बा प्रणाली आबद्ध बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।

आयोजना र वित्तीय अवस्था

केयर रेटिङ्ग नेपालले यस कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले १२ मेगावाटको दुधकुण्ड खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। यस आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख २० हजार ४२ रुपैयाँ रहेको छ।

Advertisement

आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ७४ लाख ४३ हजार ३ सय ३६ रुपैयाँ ८३ पैसा पर्ने देखिन्छ। विद्युत उत्पादन अनुमतिपत्रको अवधि २८ वर्ष ९ महिना बाँकी रहेको छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.४० वर्ष अनुमान गरिएको छ। डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि भने ८.९४ वर्ष रहने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री