
विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेकिया र दक्षिण अफ्रिकाले १–१ को बराबरी खेलेका छन्। एटलान्टामा भएको यस प्रतिस्पर्धामा दुवै टोली आफ्नो पहिलो जितको खोजीमा मैदान उत्रिएका थिए।
खेलको छैटौं मिनेटमा मिहाल सादिलेकले गोल गर्दै चेकियालाई सुरुवाती अग्रता दिलाए। यो जारी प्रतियोगिताकै सबैभन्दा चाँडो भएको गोलमध्येको एक बन्यो।

दक्षिण अफ्रिकाको उत्कृष्ट पुनरागमन
चेकियाले खेलको ८३ औं मिनेटसम्म आफ्नो अग्रतालाई कायम राख्न सफल भयो। तर पाभेल सुल्कले पेनाल्टी बक्समा ह्यान्डबल गरेपछि दक्षिण अफ्रिकाले पेनाल्टीको अवसर पायो।

उक्त अवसरलाई टेबोह मोकोएनाले गोलमा परिणत गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। खेलको अन्तिम समयमा चेकियाका सुल्कले गोल गर्ने राम्रो अवसर गुमाए।

बराबरीपछि खेलमा थप गरिएको ७ मिनेटमा दुवै टोलीले जितका लागि निकै संघर्ष गरे।
पहिलो खेलमा दुवै टोली पराजित भएका थिए। पहिलो खेलमा दक्षिण अफ्रिका मेक्सिकोसँग पराजित भएको थियो। चेकियालाई भने दक्षिण कोरियाले २–१ ले हराएको थियो।









प्रतिक्रिया