
चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विद्युतीय सवारीसाधनको आयातमा ठूलो वृद्धि भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार यो अवधिमा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् ।
नेपालमा ५० किलोवाटदेखि २०१ किलोवाट क्षमतासम्मका विद्युतीय गाडी भित्रिएको विभागको तथ्याङ्क छ । यसले नेपाली बजारमा विद्युतीय सवारीप्रतिको आकर्षण निकै बढेको देखाउँछ ।
विभागका अनुसार ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका गाडी सबैभन्दा धेरै आयात भएका छन् । यो अवधिमा उक्त क्षमताका १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबरका ६ हजार ३५७ वटा सवारीसाधन भित्रिएका छन् ।
त्यस्तै ५० किलोवाट क्षमताका साना विद्युतीय गाडीको आयात पनि उल्लेख्य देखिएको छ । यो ११ महिनाको अवधिमा ५ अर्ब ६५ करोड रुपैयाँ बराबरका ३ हजार ६८० वटा त्यस्ता सवारीसाधन नेपाल भित्रिएको विभागले जनाएको छ ।









प्रतिक्रिया