
नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको मूल्यमा पनि तोलामा ५५ रुपैयाँको वृद्धि देखिएको छ।
नयाँ मूल्य निर्धारण भएसँगै आइतबार चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ। गत शुक्रबार बजार बन्द हुँदा चाँदी प्रतितोला ४ हजार ८ सय ४० रुपैयाँमा किनबेच भएको थियो।
स्थानीय बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔँस ४ हजार २ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।










प्रतिक्रिया