इप्पानमा नयाँ नेतृत्व, अधिकांश पदाधिकारी निर्विरोध निर्वाचित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

Advertisement

शुक्रबार मध्यरातमा सम्पन्न साधारणसभाबाट उनी संस्थाको विधानअनुसार स्वतः अध्यक्ष बनेको निर्वाचन समितिले जनाएको छ ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन तथा उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित भएका छन् ।

Advertisement

महासचिवमा टेकनाथ आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवमा अभिषा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध चुनिएका छन् ।

अधिकांश पदमा सर्वसम्मत नेतृत्व चयन भए पनि कोषाध्यक्ष पदका लागि भने निर्वाचन भएको थियो । कोषाध्यक्षमा शङ्कर बस्यालले २ सय ६७ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी मिथुन चक्रवर्तीप्रसाद पौडेललाई पराजित गरे, पौडेलले ८२ मत मात्र पाएका थिए ।

खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का तथा वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन् । नयाँ कार्यसमितिले निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको हकहित र जलविद्युत विकासका मुद्दालाई अघि बढाउने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री