बालिकालाई अनैतिक कार्यमा लगाउने स्पा सञ्चालिका पक्राउ

ललितपुरको सानेपास्थित एक स्पामा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा संलग्न गराएको आरोपमा एक महिला पक्राउ परेकी छिन्।

Advertisement

प्रहरीले ललितपुर महानगरपालिका–२ अरुण थापा चोकमा सञ्चालित ‘शुकल्प स्पा एण्ड थेरापी’की सञ्चालिका सुमन कुमाललाई नियन्त्रणमा लिएको हो।

गोरखाको सिरानचोक गाउँपालिका–३ घर भएकी कुमालले आफ्नो स्पामा कार्यरत बालिकालाई गलत काममा लगाएको प्रहरीले जनाएको छ। उनले विभिन्न प्रलोभन देखाएर सेवा लिन आउने ग्राहकको इच्छाअनुसार बालिकालाई अनैतिक कार्य गर्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुलेको छ।

Advertisement

पक्राउ परेकी सञ्चालिका कुमालविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कानुनी प्रक्रिया अघि बढाइएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जिल्ला अदालत ललितपुरले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रहरीले उक्त स्पा सेन्टर र त्यहाँ हुने गरेका अन्य गतिविधिबारे पनि थप सोधपुछ र छानबिन गरिरहेको छ। पीडित बालिकाको उद्धार गरी हाल सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री