मंगलबार, २० जेठ २०८२

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाको प्रभावकारी रूपमा कार्यान्वयन गरिने

समयपोष्ट २०८२ जेठ २० गते १६:५०

Advertisement

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाको प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्राधिकरणले आज पत्रकार सम्मेलन गर्दै विगतबाट पाठ सिक्दै यो वर्ष क्षति न्यूनीकरणका लागि प्रभावकारी रुपमा कार्ययोजनाको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको हो ।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बास्तोलाले विपद्जन्य पूर्वसूचनालाई प्रभावकारी बनाउँदै प्राधिकरणले आउँदो मनसुनलाई दृष्टिगत गर्दै मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि सरोकार भएका निकायबीच समन्वय र सहकार्य बढाउने बताउनुभयो ।

पूर्वसूचना तथा चेतावनी प्रणालीलाई सुदृढ गर्दै जोखिममा रहेका वर्ग, क्षेत्र र समुदायसम्म समयमा सूचना पु¥याइने उहाँले जानकारी दिनुभयो । कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । यो वर्ष करिब २० लाख मनसुनबाट प्रभावित हुने प्राधिकरणको अनुमान छ । प्राधिकरणले सङ्कटका बेला प्रभावकारी ढङ्गले समन्वय गर्न विपद् व्यवस्थापन प्रणालीलाई सशक्त बनाइने जनाएको छ ।

Advertisement

यसैबीच, जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा विगतको सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री