काठमाडौं नगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित
समयपोष्ट
२०८२ जेठ २० गते १६:३९
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बनको निर्णय सुनाएका हुन्।
यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। प्रमुख प्रशासकीय अधिकृतको कार्यालय प्रवेशमा अवरोध पुर्याएको आरोपमा पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो।
सोही आधारमा यो निलम्बनको कारबाही गरिएको महानगरपालिकाले जनाएको छ।
प्रतिक्रिया