गृहमन्त्रीलाई संसद्मा बोल्न दिन विपक्षी दल तयार
समयपोष्ट
२०८२ जेठ २० गते १३:४२
सभामुख र प्रमुख दलका सचेतकहरूबीच आज बसेको बैठक सकारात्मक रूपमा सम्पन्न भएको छ।
सदनको अवरोध हटाउने विषयमा सहमति खोज्ने उद्देश्यले भएको छलफलमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकलाई बोल्न दिने सहमति जनाएका छन्।
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालको नेतृत्वमा बसेको विपक्षी दलहरुको बैठकले छानबिनका लागि राजीनामा गर्नुपर्ने भनेको थियो । त्यसपछि सभामुखले विपक्षी र सत्तारुढ दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए ।
उक्त छलफलपछि गृहमन्त्रीलाई आफ्ना धारणा राख्न सकारात्मक भएको बताइएको हो ।
११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक अब २ बजेका लागि डाकिएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया