बुधबार, २६ वैशाख २०८१

नेपालमा रेल पुर्‍याउन चाहन्थे माओ

समयपोष्ट २०७५ असार १० गते ८:१४

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन जोड्ने रेलमार्ग निर्माणबारे भएको सहमति सबैभन्दा महत्वपूर्ण भएको बताएका छन् । चीन भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भ्रमणका क्रममा दुई देशबीच केरुङ-रसुवागढी-काठमाडौं रेलमार्गका लागि चिनियाँ अनुदानमा पूर्वसम्भाव्यता अध्ययन गर्ने सहमति भएको बताए ।

Advertisement

प्रधानमन्त्री ओलीले रेल निर्माण रेलमार्गका लागि नयाँ प्रयोग मात्र नभई विकास हुने भन्दै यसमा धेरै हतारो भन्दा परिपक्क ढंगले काम गर्नु पर्ने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा रेल पुर्‍याउने आफ्नो भिजन रहेको बताएको सुनाए । लगत्तै छेउमा बसेका परराष्ट्रमन्त्रीले माओले पनि भनेपछि प्रधानमन्त्री ओलीले भने, ‘अँ, उहिले चेयरम्यान माओले समेत यो कुरा भन्नु भएको पनि कुरा छ । यसर्थ यो छिट्टै बन्छ ।’

उनले हिमालय भेगमा रेल ल्याउने काम सजिलो नभएको बताउँदै तिब्बती पठार अलि उचाईमा भएपनि हाम्रोतिर धेरै भिरालो भेग रहेको उल्लेख गर्दै परिपक्व रुपमा अध्ययन गरेर केही बर्षपछि शुरु हुने उल्लेख गरे ।

रेलमार्गमा कसले लगानी गर्ने भन्ने सञ्चाकर्मीको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने–‘यो जोसँग पैसा छ त्यसले लगानी गर्दा हुने कुरा हो, पैसा नहुनेले लगानी गर्नुपर्दैन यसमा । लगानी कसले गर्ने भन्ने कुरा भन्दा पहिला यसको सम्भाव्यता अध्ययनको कुरा आउँछ । त्यो ढुक्क भइसकेपछि अनि लगानीको कुरा आउँछ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री