
आईसीसी टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा क्यानले टोलीको घोषणा गरेको हो ।
टोलीका सदस्यहरूमा आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी,ललित राजवंशी, करन केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी रहेका छन् ।
टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ ।







प्रतिक्रिया