शुक्रबार, १६ चैत २०८०

प्रधानमन्त्री कार्यालयमा गुनासा : पानी र दूध सेवन गर्नै त्रास भयो !

समयपोष्ट २०७५ असार ८ गते १:२७

प्रत्यक्ष रूपमा नागरिकका गुनासो सुन्न स्थापना भएको हेला सरकारमा पछिल्लो समय दूषित पानी र अखाद्य वस्तु मिसावट भएको दूधबारे गुनासो बढी आउने गरेको छ ।

Advertisement

‘अनुगमनबाट दूधमा अखाद्य वस्तु मिसावटको समाचार आयो, तर त्यस्तो मिसावट गर्नेलाई के कारबाही गरियो र अब दूधको गुणस्तर कस्तो छ भन्ने गुनासा धेरै छन्,’ हेलो सरकार इकाइका प्रमुख उपसचिव प्रद्युम्न उपाध्यायले भने ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

सरकारी कार्यालयका फोन उठ्दैनन्
सरकारी कार्यालयका अधिकांश फोन नउठ्ने गरेको गुनासा पनि उत्तिकै छन् । कार्यालयको वेबसाइटमा राखिएको नम्बरमा फोन गर्दा नउठ्ने र उठाउँदा पनि स्पष्ट सूचना नदिने गरेको गुनासो दर्ता भइरहेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्री राजा–महाराजा हुन् ?
हेलो सरकारमार्फत कतिपय नागरिकले राष्ट्रपति र प्रधानमन्त्रीमाथि पनि प्रश्न उठाएका छन् । राष्ट्रपतिको सवारीका क्रममा सर्वसाधारणदेखि एम्बुलेन्सलाई समेत रोक्ने गरेको र घन्टौँ जाममा राख्ने गरिएको गुनासा दर्ता भएका छन् ।

‘राष्ट्रपति, प्रधानमन्त्रीको सवारीमा सर्वसाधारणका साथै बिरामी लिएर अस्पताल जाँदै गरेको एम्बुलेन्स पनि रोकेर घन्टौँ जाममा राखिन्छ, हेलो सरकारमार्फत धेरैले उहाँहरूलाई सोध्ने गरेका छन्, तपाईंहरू पहिलाको राजा–महाराजाजस्तै हो ?’ प्रद्युम्न उपाध्यायले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री