शुक्रबार, ७ वैशाख २०८१

आइटी क्षेत्र प्रवर्धनमा कुमारी बैंक र NAS-IT बिच बैंकिङ्ग सेवा सम्बन्धि सम्झौता

समयपोष्ट २०८० जेठ १८ गते ११:३९

Advertisement

कुमारी बैंक लिमिटेडले आईटी क्षेत्रको विकास र प्रवर्धन गर्न स्थापित सूचना तथा प्रविधिसम्बद्ध संस्थाहरुको छाता संघ Nepal Association for Software and IT Services Company (NAS-IT) सँग बैंकिङ्ग सेवा सम्बन्धि सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार बैंकले NAS-IT मा आवद्ध कम्पनीहरुलाई सरलीकृत कर्जा लगायत अन्य बैंकिङ्ग सेवा तथा सुविधा उपलब्ध गराउने छ । बैंकका वरिष्ठ उप—प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा NAS-IT का अध्यक्ष रिचन श्रेष्ठद्वारा दुई संस्थाका अन्य पदाधिकारीहरुको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सूचना तथा प्रवधि क्षेत्रसँग आवद्ध भएका संस्थाहरुको गुणस्तर तथा क्षमता अभिवृद्धि गर्न सरलीकृत बैंकिङ्ग सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ । NAS-IT नेपालको सूचना तथा प्रविधि क्षेत्रमा कार्यरत संस्थाहरुको एकीकृत विकासका लागि सक्रिय रहँदै आएको छ ।

सूचना तथा प्रविधि क्षेत्रको विकास तथा प्रवर्धनका लागि बैंक तथा संघबीच गरिएको उक्त सम्झौताले सूचना तथा प्रविधि क्षेत्रमा आवद्ध उद्दमी तथा संस्थाहरुमाझ थप उर्जा प्रदान गर्ने विश्वास जनाएको छ ।

बैंकले आफ्ना देशव्यापी ३०२ शाखा सञ्जाल, २९६ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री