शनिबार, ८ वैशाख २०८१

आदर्श लघुवित्तको आईपीओ बाँडफाँट

समयपोष्ट २०७९ असार १३ गते १०:५७

Advertisement

आदर्श लघुवित्तको आईपीओ बाँडफाँट भएको छ ।

लघुवित्तको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा बिहान ९ बजे सो शेयर बाँडफाँट भएको हो।

मागभन्दा बढी आवेदन परेकोले लघुवित्तको सेयरमा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार न्युनतम १० कित्ताको दरले ६ हजार २६१ जना आवेदकले पाएका छन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिन ५ असारसम्ममा १७ लाख ९६ हजार ६८४ जना आवेदकबाट दुई अर्ब एक करोड ४२ लाख रुपैयाँ बराबरको दुई करोड एक लाख ४२ हजार ६१० कित्ता सेयरको माग आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ६२ हजार ६१५ कित्ता सेयरको ३२१.६८ गुणा बढी हो ।

लघुवित्तले १ असारदेखि कुल ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी एक करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पुँजी दुई करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री