बुधबार, १२ वैशाख २०८१

गुल्मीमा अजोड इन्स्योरेन्सको तालिम सम्पन्न

समयपोष्ट २०७९ असार ६ गते १८:४३

Advertisement

अजोड इन्स्योरेन्स लिमिटेडले गुल्मीमा कृषि तथा पशुपन्छि क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ ।

बीमा समितिको स्वीकृती बमोजिम कम्पनीले जेष्ठ २९, ३० र ३१ गते जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषि तथा पशुपन्छि क्षति मुल्याङ्कनकर्ताको तालिम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीको तर्फबाट दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा २३ जना क्षति मुल्याङ्कनकर्ताको सहभागिता भएको थियो । कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडको गुल्मीका शाखाका प्रमुख सन्तोष न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री