शनिबार, १५ वैशाख २०८१

असारमा पनि निक्षेपको ब्याज ब्याजदर नबढाउने सहमति

समयपोष्ट २०७९ जेठ २९ गते १४:२५

Advertisement

वाणिज्य बैंकहरुले आगामी महिना पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन्।

बैकरहरुबीच असारमा पनि निक्षेपको ब्याजदरलाई यथावत राख्ने सहमति भएको छ।

विद्यमान परिस्थिति र आउँदो मौद्रिक नीतिमा हुन सक्ने सम्भावित नीतिगत परिवर्तनलाई मध्यनजर गरेर ब्याजको दरलाई यथावत राख्ने सहमति भएको नेपाल बैंकर्स संघले जनाएको छ।

बैंकर्स संघको बैठक भोलि बसदैछ। बैठकले ब्याजदर स्थिर राख्ने र जेठकै ब्याजदरलाई निरन्तरता दिने औपचारिक निर्णय गर्न सक्ने बताईएको छ ।

कमर्शियल बैंकहरुले माघदेखि नै निक्षेपको ब्याज बढाएका छैनन्। कमर्शियल बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ११.०३ प्रतिशत र संस्थागततर्फ १०.०३ प्रतिशत ब्याज दिने सहमति गरेका छन्। रेमिट्यान्स खातामाभने १२.०३ प्रतिशत ब्याजदर दिन पाइने सहमति छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री