शुक्रबार, १४ वैशाख २०८१

एक लाखको स्कुटीमा ३० लाख रुपैयाँको नम्बर प्लेट !

समयपोष्ट २०७७ असार १५ गते ११:०४

Advertisement

हाम्रो छिमेकी देश भारतमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । हिमाञ्चल प्रदेशमा एक कम्पनीका मालिकले ६० हजार भारतीय रुपैयाँ (झण्डै १ लाख रुपैयाँ) पर्ने स्कुटीमा भिभिआइपी नम्बर प्लेट लिनका लागि १८ लाख भारतीय रुपैयाँ (झण्डै ३० लाख रुपैयाँ) खर्च गरेका छन् ।

हिमाञ्चल प्रदेशको काँगडामा एक निजी कम्पनी राहुल पैम प्रालिले कम्पनीको नाममा एक स्कुटी दर्ता गर्छ । यो कम्पनीले यातायात विभागबाट एचपी ९००००९ नम्बर लिने इच्छा व्यक्त गर्छ ।त्यसैले कम्पनीले भिभिआइपी नम्बरका लागि हुने अनलाइन लिलामीमा भाग लिन्छ । यो कम्पनीले १८ लाख भारतीय रुपैयाँ भन्दा धेरै रकमको बोली लगाएर नम्बर प्राप्त गरेको छ ।

एकहप्तासम्म चलेको अनलाइन लिलामीको समय शनिबार सकिएको छ । अब कम्पनीले तीनदिन भित्रमा रकम जम्मा गरेर नम्बर प्राप्त गर्न सक्छ ।
यो भिभिआइपी नम्बर लिनका लागि केही व्यक्तिले १० देखि १५ लाख रुपैयाँसम्मको बोली लगाएका थिए । धेरैले नम्बर मागेपछि विभागले यस्तो निर्णय गरेको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री