बिहीबार, १३ वैशाख २०८१

बजेटमा शेयर बजार : पूँजीगत लाभकरको दर घट्यो, गैर आवासिय नेपालीलाई भित्रयाइने

समयपोष्ट २०७६ जेठ १५ गते १९:२५

Advertisement

पूँजीगत लाभकरको विषयमा चर्को विरोध भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले ७.५ प्रतिशतबाट ५ प्रतिशतमा झारेका छन्। खतिवडाले चालु आर्थिक वर्षको बजेट भाषणबाट पूँजीगत लाभकर ५ प्रतिशतबाट ७.५ प्रतिशत पुर्याएका थिए।

लगानीकर्ताको चर्को आन्दोलनपछि दबाबमा रहेका अर्थमन्त्री खतिवडाले बोनस शेयर र हकप्रद शेयरको पूँजीगत लाभकर गणना गर्दा भारित औसत ‘वेटेज एण्ड एभरेज’का आधारमा गणना गर्ने व्यवस्था गरेका छन्।

गत वर्ष जेठमा राजस्व विभागले बोनस र हकप्रद शेयरको लाभकर गणना अंकित मूल्यलाई आधार मानेर गणना गर्न निर्देशन दिएपश्चात लगानीकर्ताहरु आन्दोलनमा उत्रिए पश्चात अर्थ मन्त्रालयले सो निर्देशन फिर्ता लिएर अध्ययन समिति गठन भएको थियो। समितिले गणना विधि तयार पारि बजेटबाट यस्तो निर्णय लिइएको हो।

अर्थमन्त्री डा. युवराव खतिवडाले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को संस्थागत सुधार गरिने बताएका छन् । आगामी आवको बजेट प्रस्तुत गर्दै मन्त्री खतिवडाले धितोपत्रका सबै कराोबारलाई विद्युतिय माध्यम मार्फत गरिने बताएका छन् ।

त्यस्तै अर्थमन्त्री खतिवडाले गैर आवासिय नेपालीले दोस्रो बजार बाट पनि लगानी गर्न सक्ने गरी पुँजी बजारलाई फराकिलो बनाइने घोषणा गरेका छन् ।

धितोपत्रको दोस्रो बजारमा निश्चित कारोबार गर्ने भन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्ताको स्थायी लेखा नम्बर (प्यान) सहितको विवरण नेप्से तथा सिडिएससी राफसाफ प्रणालीमा आबद्व गरिने बताएका छन् ।

सबै प्रकारका ऋणपत्र र धितोपत्रको कारोबार विद्युतीय प्रणालीबाट गर्न विद्युतीय कारोबार प्रणालीलाई सुरक्षित र पारदर्शी बनाइने बजेटमा उल्लेख छ । सरकारी ऋणपत्र खरिद र बिक्रीका लागि अनलाइन प्रणाली विकास गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री