बिहीबार, १३ वैशाख २०८१

इन्फिनिटी लघुवित्तको साधारण सेयर निश्कासन

समयपोष्ट २०७६ जेठ १३ गते १०:०८

Advertisement

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आजबाट आईपिओ जारी गरेको छ ।

लघुवित्तले जारी पूँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५० प्रतिशत बराबरको सार्वजनिक निष्काशन गरेको हो।

लघुवित्त कम्पनीले कूल ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपिओ सर्वसाधारणमा निष्काशन गरेको हो । जसमध्ये ३३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरु र १० हजार ३७० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई छुट्याइएको छ। लघुवित्तको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। आईपिओमा जेठ १६ गतेसम्म आवेदन गर्न सकिनेछ ।

लघुवित्तको आईपिओमा अनलाईनबाट मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका लगानीकर्ता कै बैंक खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालीमा आईपिओ भर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री