बिहीबार, १३ वैशाख २०८१

जनसेवी र स्वाभिमान लघुवित्तको आईपिओ खुल्यो,१० कित्ताका लागि आवदेन दिन पाइने

समयपोष्ट २०७६ वैशाख २७ गते १०:४३

Advertisement

जनसेवी लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आजबाट आइपिओ जारी गरेका छन् । जनसेवीले जारी पूँजीको ३२.१० प्रतिशत र स्वाभिमानले ३२.११ प्रतिशत बराबरको आइपिओ जारी गरेका हुन्।

जनसेवीले जारी पूँजी १४ करोड ४३ लाख ३० हजार रुपैयाँको ३२.१० प्रतिशत अर्थात प्रतिशेयर एक सय रुपैयाँका दरमा चार करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको चार लाख ६३ हजार ३०० कित्ता शेयरमा बिक्रीमा ल्याएको हो।

जनसेवीले निष्काशन गर्ने कूल चार लाख ६३ हजार ३०० कित्ता शेयरमध्ये २३ हजार १६५ कित्ता सामुहिक लगानी कोषहरुका लागि र ७ हजार १४५ कित्ता कर्मचारीकालागि छुट्टाएर बाँकी ४ लाख ३२ हजार ९९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।

आईपिओमा न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिने छ । जनसेवीको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

यसैगरी स्वाभिमान लघुवित्त वित्तीय संस्थाले एक लाख ९८ हजार ६१० कित्ता आइपिओ जारी गरेको छ ।

स्वाभिमानले ३ हजार ९३ कित्ता कर्मचारीका लागि, ९ हजार ९३० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको एक लाख ८५ हजार ५८७ कित्ता सर्वसाधारणलाई निष्काशन गरेको हो।

आईपिओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्ने व्यवस्था छ । लघुवित्तको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

दुबै संस्थाको आइपिओमा वैशाख ३१ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री