शनिबार, ८ वैशाख २०८१

एनएलजीले डाक्यो विशेष साधारणसभा,चुक्ता पूँजी एक अर्ब पुर्याउने

समयपोष्ट २०७६ वैशाख २२ गते १३:१४

Advertisement

एनएलजी इन्स्योरेन्सले विशेष साधारण आह्वान गरेको छ । कम्पनीले हकप्रद जारी गरेर चुक्ता पूँजी पुर्याउन जेठ १४ गते विशेष साधारण सभा आह्वान गर्न लागेको हो।

साधारणसभामा कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव गर्नेछ। कम्पनीले साधरणसभाका लागि जेठ ६ गते बुक क्लोज गर्ने जनाएको छ।जेठ पाँच गतेसम्म दोस्रो बजारमा शेयर खरिद गर्ने लगानीकर्ताले साधारणसभामा भाग लिन पाउने छन् ।

हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड चार लाख छ हजार दुई सय ५० रुपैयाँ छ।यही चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर कम्पनीले निष्कासन गर्ने छ। हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब दुई करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ । बिमा कम्पनीहरूले नियामक निकायको निर्देशन अनुसार निर्जीवन बिमा कम्पनीले चुक्ता पूँजी एक अर्ब पुर्‍याउनु पर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री