शुक्रबार, १४ वैशाख २०८१

मैलुङ खोला जलविद्युत कम्पनीले साधारण सेयर जारी गर्दै

समयपोष्ट २०७४ जेठ ८ गते ७:३६

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ३ करोड ६८ लाख १४ हजार ४ सय रुपैयाँको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रसुवाका स्थानीय बासिन्दाका लागि एक सय रुपैयाँ अंकित मूल्यमा ३ लाख ६८ हजार १४३ कित्ता साधारण शेयर  जेठ १७ गतेदेखि निष्काशन गर्ने लागेको हो । 

Advertisement

कम्पनीको साधारण सेयरमा रसुवाबासीले न्युनतम ५० कित्तादेखि अधिकतम एक हजार आठ सय ४० कित्तासम्मको लागि जेठ १७ गतेदेखि ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । 

निष्काशन गर्न लागेको सेयरमध्ये एक लाख ८४ हजार ७२ कित्ता आयोजना संरचना रहने र आयोजनाबाट अति प्रभावित हुने क्षेत्र तीन गाविस हाकु, डाँडागाउँ र राम्चे गाविसका बासिन्दाका लागि र एक लाख ८४ हजार ७२ कित्ता रसुवा जिल्लाका अन्य गाविसका वासिन्दाहरुको लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।  

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका साथै जनता बैंक लिमिटेड धुन्चे, प्रभु बैंक स्याप्रुबेसी, आईसीएफसी फाईनान्स कालिकास्थान, हिमालयन बैंक बेत्रावति, र मैलुङ खोला जलविद्युत कम्पनी डाँडागाउँबाट समेत आवेदन फारम  बुझाउन सकिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री