बिहीबार, १५ जेठ २०८२

आबुखैरेनी–पोखरा सडक चार लेनमा स्तरोन्नति गर्न ८ अर्ब ५२ करोड बजेट विनियोजन

समयपोष्ट २०८२ जेठ १५ गते १७:०८


सरकारले आबुखैरेनी–पोखरा सडकलाई चार लेनमा स्तरोन्नति गर्न आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८ अर्ब ५२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै आगामी वर्षभित्रै स्तरोन्नतिको कार्य सम्पन्न गरिने जानकारी दिएका हुन्।

Advertisement

“आगामी वर्षभित्र आबुखैरेनी–पोखरा सडक चार लेनमा स्तरोन्नति सम्पन्न गरिनेछ,” अर्थमन्त्री पौडेलले भने, “यसका लागि ८ अर्ब ५२ करोड बजेट विनियोजन गरेको छु।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री