महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता तथा नवीकरण गर्दा शुल्क नलाग्ने
समयपोष्ट
२०८२ जेठ १५ गते १६:४६
अबदेखि महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता तथा नवीकरण गर्दा कुनै शुल्क नलाग्ने भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा यस्तो व्यवस्था गरिएको जानकारी दिएका हुन्।
सरकारको यो निर्णय महिला उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको बताइएको छ। अर्थमन्त्री पौडेलले महिलालाई आर्थिक रूपमा सबल बनाउँदै स्वरोजगार तथा रोजगार सृजनामा योगदान पुगोस् भन्ने सोचसहित यस्तो प्रावधान ल्याइएको उल्लेख गरे।
प्रतिक्रिया